राष्ट्र बैंकको निर्देशनमा राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा गिरी
नेपाल राष्ट्र बैंकको निर्देशनपछि राष्ट्रिय सहकारी बैंकले संचालक महेन्द्र गिरीलाई अध्यक्षमा चयन गरेकाे छ ।अध्यक्ष केवी (कृष्ण बहादुर) उप्रेती सहकारी ठगी आरोपमा गिरफ्तार भएपछि राष्ट्र बैंकले संचालकहरु भित्रबाट अध्यक्ष चयन गर्न निर्देशन दिएको हो ।
विहिबार संचालक शिवा थापाको अध्यक्षतामा संचालक समितिको बैठकले सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको हो । …