विराटनगर महानगरको आयोजनामा सहकारीका सञ्चालकलाई नेतृत्व सञ्चालन र व्यवस्थापन तालिम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

विराटनगर महानगरपालिका सहकारी शाखाको आयोजनामा आजदेखि सुरु भएको सहकारीको नेतृत्व, सञ्चालन तथा व्यवस्थापन विकास कार्यशाला ।

कार्यशालाको विराटनगर महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले केही सहकारीका कारण समग्र सहकारी नै बदनाम भएको बताउनुभयो । उहाँले सहकारीको मर्म र भावनाविपरीत सञ्चालन हुँदा समस्या भएको जिकिर गर्नुभयो ।

कार्यक्रममा महानगरको विराटनगर वडा नम्बर १९ का अध्यक्षसमेत रहनुभएका आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेले सहकारीले गरिब तथा विपन्न वर्गको जीवनस्तर माथि उठाउने काममा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । अहिले आमजनताले सहकारीलाई नकारात्मक रुपमा हेर्ने गरेको घिमिरेको टिप्पणी थियो ।

दुई दिनसम्म सन्चालन हुने कार्यशालामा बिराटनगर भित्र सन्चालित १७२ वटा सहकारी मध्ये ३० वटा सहकारीका ६० जना पदाधिकारीहरु सहभागी रहेको सहकारी शाखाकी रोजी कार्कीले जानकारी दिनुभयो ।  

कार्यशालामा सहभागीहरुलाई प्रदेश सहकारी रजिष्ट्रटार तथा प्रशिक्षण कार्यालय कोशी प्रदेशका विज्ञ मनोज कार्कीले सहजीकरण्ण गर्नुभएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bimakokura@gmail.com मा पठाउनु होला । धन्यवाद ।