छोटो समयमै बीमा क्षेत्रमा आफ्नो परिचय बनाएकी महिला हुन्, मीना पोखरेल । छोरी मान्छे भए पनि मेहनती, आफ्ना लागि आफैँले संघर्ष गर्नुपर्छ भन्ने मानसिकता बोकेकी मीनाले अभिकर्ता पेसामा पनि छोटो समयमा नै सफलता हात पारिन् ।
हाल मीना सिटिजन लाइफको बर्दिबास शाखामा एजेन्सी म्यानेजरको भूमिकामा रही काम गर्दै आइरहेकी छन् । उनले आफ्नो घरपरिवार सबैलाई समय दिएर बीमा सचेतना र बीमामा सबैको पहुँच विस्तार गर्न विभिन्न ठाउँमा पुगेर मानिसलाई बीमाको महत्व बताउने गरेकी छन् । बीमा पोलिसी बेच्दा हचुवाको भरमा बेच्नुभन्दा पनि बीमा बुझाएर बीमाको फाइदा र भोलि बीमाले उठाउन सक्ने जोखिमका बारेमा ज्ञान दिएर बीमा पोलिसी बिक्री गर्दा बीमा सबैले बुझ्ने र बीमा पहुँच विस्तार हुने मीनाको भनाइ छ ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bimakokura@gmail.com मा पठाउनु होला । धन्यवाद ।