सहकारीको ऋण नतिर्नेको सम्पत्ति रोक्का गर्नेछ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीको ऋण नतिर्नेको एकाघरका सदस्यको सम्पत्ति र राहदानी रोक्का गरी असुलउपर गर्नुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय सहकारी महासङ्घले आज यहाँ आयोजना गरेको सहकारी सुशासन प्रवर्द्धन सम्बन्धी बागमती प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा उहाँले सहकारीमा भएको पुँजीबाट त्यहाँ आएको समस्या समाधान गरिनुपर्ने बताउनुभयो । सरकारले घोषणा गरेका २२ वटा सहकारीमध्ये केही सकारीको जग्गाजमिन  बेचेर पनि समस्या समाधान गर्नेतिर समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय लागिपरेको मन्त्री अधिकारीले बताउनुभयो ।

प्रधानमन्त्रीका आर्थिक विकास सल्लाहकार डा युवराज खतिवडाले सुशासनको अभावमा सहकारी समस्याग्रस्त हुने गरेको बताउनुभयो । सबै सहकारीमा समस्या नभए पनि बिभिन्न किसिमको हल्ला फैलाइएको उल्लेख गर्दै छिटो समाधान गरिनुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bimakokura@gmail.com मा पठाउनु होला । धन्यवाद ।