राष्ट्रिय सहकारी बैंकको अर्ध वार्षिक समीक्षा गोष्ठी आजबाट सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

राष्ट्रिय सहकारी बैंक लिमिटेड को चालू आर्थिक वर्ष २०८१/०८२ को दोस्रो त्रैमास सम्मको “अर्ध वार्षिक समीक्षा गोष्ठी” बिहीबार देखि पोखरामा सुरु भएको छ ।
३ दिनसम्म सञ्चालन हुने अर्ध वार्षिक समीक्षा गोष्ठी कार्यक्रमको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाईले शुभारम्भ गर्नुभयो ।
कार्यक्रमको शुभारम्भ गर्दै प्रमुख कार्यकारी अधिकृत गुरागाईले बैंकको रणनीतिक योजना तथा वार्षिक बजेट तथा कार्यक्रम अनुसार प्रतिफल प्राप्त गर्नका लागि विभागीय प्रमुख, प्रदेश प्रमुख तथा शाखा प्रमुखहरूको भूमिकालाई थप प्रभावकारी बनाउन गोष्ठी सफल हुने विश्वास व्यक्त गर्नु भयो । 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bimakokura@gmail.com मा पठाउनु होला । धन्यवाद ।