काठमाडौं — राष्ट्रिय बीमा कम्पनीले एकसाथ ८ विभिन्न पदका लागि १८ जना कर्मचारीको माग गरेको छ। कम्पनीले खुला प्रतिस्पर्धामार्फत यी पदहरूमा दरखास्त आह्वान गरेको हो।
युवाका लागि अवसर : प्रशासनदेखि चार्टर्ड एकाउन्टेन्टसम्म
कम्पनीले प्रशासन व्यवस्थापक, सह व्यवस्थापक, चार्टर्ड एकाउन्टेन्ट, नायब व्यवस्थापक, कानुन अधिकृत, सहायक व्यवस्थापक, सहायक ‘क’ र सहायक ‘ख’ गरी विभिन्न पदहरूमा दरखास्त खुला गरेको छ।
कुल १८ पदमध्ये प्रशासन व्यवस्थापकमा १ जना, सह व्यवस्थापकमा १ जना, चार्टर्ड एकाउन्टेन्टमा १ जना, नायब व्यवस्थापकमा १ जना, कानुन अधिकृतमा ३ जना, सहायक व्यवस्थापकमा ५ जना, सहायक ‘क’ मा २ जना र सहायक ‘ख’ मा ५ जना कर्मचारीको माग गरिएको हो।
आवेदन मिति र प्रक्रिया
ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारहरूले आगामी जेठ २२ गतेभित्र आवेदन दिन सक्नेछन्। दोब्बर दस्तुर तिरेर भने जेठ २९ गतेसम्म आवेदन दिन सकिनेछ।
विस्तृत जानकारी र दरखास्त फारम कम्पनीको आधिकारिक वेबसाइटमा उपलब्ध हुनेछ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bimakokura@gmail.com मा पठाउनु होला । धन्यवाद ।