पुथा उत्तरगंगा २ को अध्यक्षमा माओवादीका उम्मेदवार निर्विरोध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कांग्रेस-एमालेको तर्फबाट उम्मेदवारी दिएका जीवन रोकाले माओवादी उम्मेदवार आफन्त पर्ने भएकाले नाम फिर्ता लिएको बताए । कान्तिपुरसँग कुरा गर्दै उनले भने, 'हामी एउटै घरको नाता पर्ने हो । माओवादी उम्मेदवार काका नाता पर्नुभयो, भेगीय हिसाबमा पनि एउटै पर्नुभयो ।'

उम्मेदवारी फिर्ता लिएपछि पार्टीले कारबाही गर्ला नि ? भन्ने प्रश्नको जवाफमा उनले भने, 'पार्टीले के गर्ने भन्ने उसको कुरा हो । गाउँपालिका उपाध्यक्षमा पार्टीकै उम्मेदवार जिताउन लाग्छु । आफ्नो खुसीले उम्मेदवारी फिर्ता लिएको हो, पार्टीले कारबाही गरे स्वीकार्छु ।'

पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षमा एमाले जिल्ला उपसचिव केसकुमारी तुलाचन कांग्रेसको चुनाव चिह्न लिएर उम्मेदवार बनेकी छन् । यहाँ माओवादी केन्द्रका तर्फबाट नरपुरा बुढा उपाध्यक्ष उम्मेदवार छन् । कांग्रेसको चुनाव चिह्नमा उम्मेदवार बनेकी तुलाचन एमालेको महिला संगठन अनेमसंघकी केन्द्रीय सदस्य पनि हुन् ।

काठमाडौँ — रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर २ को अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । एमाले-कांग्रेसको सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका एमाले उम्मेदवार जीवन रोका र स्वतन्त्र उम्मेदवारले नाम फिर्ता लिएपछि माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित भएका हुन् ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bimakokura@gmail.com मा पठाउनु होला । धन्यवाद ।