विराटनगर । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीबाट मिलियन डलर राउन्ड टेबल (MDRT) मा ९५ जना सीओटी ३ जना र टीओटीमा २ जना जनासहित १०० जना पुग्न सफल भएका छन ।
अभिकर्ताहरुको अन्तरराष्ट्रिय संस्था मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) ले सन् २०२४ मा गरेको व्यवसायका आधारमा तोकिएको वार्षिक लक्ष्य पुरा गरी कम्पनीबाट उत्कृष्ट अभिकर्ताहरु एमडीआरटी २०२५ को सदस्य बन्न सफल भएका हुन् ।
कम्पनीबाट २०२५ का लागि शशीकला तामाङ र बिमल न्यौपाने टीओटी बन्न सफल भए भने जीवन कुमार खत्री, शर्मिला अर्याल पान्डे र प्रकाश श्रेष्ठ कार्ट अफ द टेबल (सीओटी) का लागि योग्य भएको कम्पनीले जनाकारी दिएको छ ।
कम्पनीको केन्द्रीय कार्यालय तथा विभिन्न शाखा र उप शाखा कार्यालयमा आबद्ध अभिकर्तामध्ये २०२५ का लागि कुल १०० जना अभिकर्ताले उक्त लक्ष्य हासिल गरेकोमा कम्पनीले सबै अभिकर्तालाई आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै कार्य सम्पादन गर्दै उत्कृष्ट ब्यबसाय गर्न अनुरोध गर्दै शुभकामना दिएको छ ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bimakokura@gmail.com मा पठाउनु होला । धन्यवाद ।