नबिल बैंकको सीईओमा मनोजकुमार ज्ञवाली नियुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:


काठमाडौं, जेठ २२ — नबिल बैंकले मनोजकुमार ज्ञवालीलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गरेको छ। बैंकको सञ्चालक समितिको बुधबार बसेको बैठकले उनलाई चार वर्षका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको हो।

ज्ञवाली यसअघि कार्यवाहक सीईओको जिम्मेवारी सम्हालिरहेका थिए। पूर्व सीईओ ज्ञानेन्द्र ढुंगानाले चैत १० गतेदेखि लागू हुने गरी राजीनामा दिएपछि बैंकको नेतृत्व उनीमाथि आएको थियो।

बैंकिङ क्षेत्रको लामो अनुभव भएका ज्ञवाली डिजिटल प्रविधिको विस्तार, वित्तीय पहुँचको वृद्धिलगायत नियामकीय सुधारलाई प्राथमिकतामा राख्दै बैंक सञ्चालन गर्ने रणनीतिमा छन्। बैंकले उनको नियुक्तिसँगै रणनीतिक स्थायित्व र संस्थागत सुदृढीकरणको अपेक्षा लिएको छ।

बैंकले सोही बैठकमार्फत भीष्म न्यौपानेलाई कम्पनी सचिवमा नियुक्त गरेको छ।

नबिल बैंक नेपालको अग्रणी निजी वाणिज्य बैंकमध्ये एक हो। आक्रामक व्यापार रणनीति, सेवा नवप्रवर्तन र बजार विस्तारमा सक्रिय नबिलले नेतृत्वमा आएको यो परिवर्तनलाई दीर्घकालीन योजनासँग जोडेर हेरेको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bimakokura@gmail.com मा पठाउनु होला । धन्यवाद ।