विराटनगर : नेपाल बीमा प्राधिकरणले जनाए अनुसार चालु आर्थिक वर्षको सात महिनामा ६२ हजार बढी बीमितको साढे आठ अर्ब बढीको बीमा पोलिसी सरेन्डर भएको छ ।
यस अवधिमा १४ जीवन बीमा कम्पनीका ६२ हजार ५२३ बीमितले आठ अर्ब ५९ करोड एक लाख ९९ हजार रुपैयाँ बराबरको बीमालेख सरेन्डर गरेका हुन् ।
प्राधिकरणले जनाए अनुसार लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालमा धेरै पोलिसी सरेन्डर भएको छ । माघसम्म उक्त कम्पनीका १५ हजार ३६२ बीमितले दुई अर्ब ५९ करोड ७९ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएको हो ।
नेपाल लाइफमा १४ हजार २५ बीमितको दुई अर्ब ३६ करोड २४ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएको छ भने राष्ट्रिय जीवन बीमा कम्पनीमा आठ हजार ४९१ बीमितको ७८ करोड ६४ लाख ४८ हजार रुपैयाँ बराबरको बीमालेख सरेन्डर भएको प्राधिकरणको तथ्यांकमा देखिएको छ ।
नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ५५ करोड १५ लाख ९७ रुपैयाँ बराबरको तीन हजार ७२० वटा, मेट लाइफको २४ करोड १२ लाख ८६ हजार रुपैयाँको एक हजार ७९४ वटा, एशियन लाइफको ५४ करोड १९ लाख २६ हजार रुपैयाँ बराबरको ५ हजार १११ बीमालेख र आईएमई लाइफ इन्स्योरेन्सको १२ करोड ३१ लाख ९७ हजार रुपैयाँ बराबरको एक हजार ७३ बीमालेख सरेन्डर भएको छ । माघ मसान्तम्म रिलायबल नेपाल लाइफको ९६५ बीमितको ६ करोड ४३ लाख ९ हजार रुपैयाँ बराबरको बीमालेख सरेन्डर भएको छ भने सन नेपाल लाइफको सबैभन्दा कम चार करोड ५५ लाख १२ हजार रुपैयाँ बराबरको ४४२ वटा बीमालेख सरेन्डर भएको छ ।
प्राधिकरणको तथ्यांक अनुसार सूर्यज्योति लाइफको ४६ करोड ९९ लाख ८३ हजार रुपैयाँ बराबरको तीन हजार ४८३ ,सिटिजन लाइफ नेपालको एक हजार ६६० बीमितले १४ करोड ९१ लाख तीन हजार रुपैयाँ बराबरको सानिमा रिलायन्स लाइफको १५ करोड ३६ लाख ६० हजार रुपैयाँको एक हजार ७७ वटा, हिमालयन लाइफको ३७ करोड ८१ लाख ८७ हजार रुपैयाँ बराबरको चार हजार १३३ वटा र प्रभु महालक्ष्मी लाइफको १२ करोड ४६ लाख ८० हजार रुपैयाँ बराबरको ८८२ बीमालेख सरेन्डर भएको छ ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bimakokura@gmail.com मा पठाउनु होला । धन्यवाद ।