" जीबन बीमा आफुलाइ केहि भए घरपरिवारलाइ बरदान नभए बुढेसकालको लागि उपदान "
- 16-Falgun-2081 8:16:31
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ अअ
" जीबन बीमा आफुलाइ केहि भए घरपरिवारलाइ बरदान नभए बुढेसकालको लागि उपदान "
दिनानुदिन सामाजिक सन्जालका भित्ताहरूमा रंगिने बिभिन्न मुद्दाहरु मध्ये एक यथार्थ युवाहरुको बैदेसिक पलायन पनि एक हो । १८ वर्ष देखिका युवा देखि रिटायर्ड कर्मचारी र बुढापाका समेत विभिन्न उदेश्य राखी देश छोड्ने लर्को बढिरहेको छ । केवल न्युनतम +2 उत्तीर्ण पास भएकाहरुलाइ स्वरोजगार हुन नेपालमै अभिकर्ता पेशा अंगाली पुण्य र समाजको हित साथै राम्रै आर्थिक आम्दानीको बाटो रहने यो अभिकर्तामा राम्रो भबिष्य हुदा हुदै किन बेवास्ता गरेको,सुन्दा नि अच्चम लाग्छ । बाध्यता सबैको छ, केवल २०/२५ हजारको लागि पनि युवा शक्ति बिदेशी भुमिमा काकाकुल हुनुभन्दा यहि परिवासग रमेर बीमाको बिशेषज्ञ बनि आर्थिक साथै सामाजिक सेवासग जोडिन आजको युवा जनशक्तिआ लगायत सम्पुर्ण नेपालीहरुमा ध्यानाकर्षण राखी मुख्य केन्द्रबिन्दुको पेशा अवलम्बन गरे देशले आर्थिक सुरक्षा साथै प्रत्येक परिवार को आर्थिक जोखिमको प्रत्याभुति जीबन बीमाबाट हुने हुदा स्थायी आर्थिक अवस्था भइ देशले काँचुली फेर्ने कुरामा दुइमत नहोला। एक जना छिमेकी दाजुलाइ कार्यालय छेउमा रहेकाे बैंकको गेटबाट निस्कदै गर्दा झ्यालको बार्दलीबाट देखे र बाहिर निस्केर कार्यालयमा बोलाए दाजु के कामले पाल्नु भयो ? दाजुको सटिक जवाफ छोरा र छोरी विदेश जाने रे, इन्स्योरेन्स अनिवार्य रहेछ प्रत्येकको २ लाख जम्मा गरेर आएको । अनि के के सुबिधा दिदो रहेछ त त्यति धेरै तिर्दा भनेर सोध्दा , बेउतर वहाको मलाइ केहि थाहा छैन, कन्सल्टेन्सीले जम्मा गर भन्यो मैले गरे ,नगरि प्रोसेस नै बढ्दैन अरे त्यहि भएर गरेको , के सुबिधा छन, केहि थाहा छैन। यसो सोचे, हामी नेपाली मासिक लगभग ३० हजार बीमा बापतको प्रिमियम तिरि धैरै पुरक करारको सुबिधा नेपाली कम्पनीले दिदा पनि ५ लाखको बीमा गर्न पनि अघि नसर्ने दाइ आज २ लाख , २ लाख गरि ४ लाख तिर्दा पनि मौन हुनुहुन्छ? आश्चर्य कुरा, त्यहि बीमा अभिभावकको कम बुझाइले पनि आज देशको सम्बृदि नेपालको परिकल्पनामा कता कता ह्रास आएको हो कि भन्ने भान हुन्छ । मैले दाइलाइ फेरि प्रति प्रश्न गरे, नेपालमा कम्तिमा ५/१० लाख बराबरको बीमा गरेर छोरा/छोरीलाइ पठाउनु भयो भने लगभग बार्षिक ३०/६० हजार सम्म जीबन बीमा हुन्छ, उनिहरुको अनुशासित बचत हुन्छ,पछि नेपाल फर्कदा एक मुष्ट बीमाङ्क रकम र आर्जित बोनसले केहि ब्यापार ब्यवसायमा सहयोग गर्छ, भनेर सुझाब दिदा, भो-भो जीबन बीमाको कुरै नगरौ, पछि कुरा गरौ भनेर हतार छ भनि बिदा मागेर दाजु निस्केर हिँड्नुभयो । सरकारी निकायको अधिकृत स्तर भइ जागिर खानुभएको दाजुको बीमा प्रतिको बुझाइ यस्तो छ भने , साधारण ब्यक्तित्वहरुले कसरी बीमालाइ लेलान् ?, बीमा प्रतिको सकारात्मक ब्यबहारिक अवधारणा लाइ कसरि बुझाउने यो आजको चुनौती रहेको बुझाइ रहेको छ ? कतै हामी बुझेर त अबुझ बनेका छैनौ । भोलिपल्ट, बेलुका कार्यालय सकिएर घर फर्किदै गर्दा बाटोमा एक जना स्कुल पढ्दाको साथी अचानक भेट भयो र धेरै समय पछि भेट भएकाले गफ गरौन भनेर नजिकै को एक कफि घरमा छिरियो । कफि आउन केहि समय लागेकाले वेटर भाइसँग साथीले वाइफाई पासवोर्ड माग्यो र एक शेल्फि खिचेर फेसबुक मा पोस्ट्यायो । त्यतिकैमा एकजनाको स्टोरी क्लिक भयो, टिकटक रहेछ ‘इन्स्योरेन्समा काम गर्ने मान्छेसग भेट भयो भने,जीउनु भन्दा पनि मर्नु बेस बनाइदिन्छन्’ भन्ने अभिनय गरिरहेको रहेको । आफु पनि बीमा क्षेत्रमा काम गर्ने व्यक्ति भएकाले मुसुक्क हासे । त्यति कैमा उसले थप्दै भन्यो, हो यार,बीमा मा काम गर्ने सग भेट्यो भने वाक्क लगाउछन्, बीमा भनेर बाच्नु भन्दा मर्नु बेस बनाइदिन्छन् । तर, मरे पछि डुमै राजा , के को बीमा नि सिमा।। भन्दै अर्को प्रश्न तेस्रयायो, साचि, यार त के मा पो काम गर्छस अब, म अकमक्क परे , फेरि मलाइ पनि साथी ले टिकटककै पात्र बुझ्ने हो कि भनेर टक्क रोकिएर उसको उतर त्यति खेर नै फर्काइन् । बरु उ जस्तो शिक्षित वर्गले बीमा प्रति को नकारात्मक भाव कसरी आत्मसात गरेछ पहिला त्यो जान्ने इच्छा जाग्यो । उसलाइ मैंले प्रश्न गरे, साथी तिमीले बीमा गरेका छौ ? । उसले भन्यो 'अ' गरेको छु नि ,२ लाख बिमाकंको । उसले जोड्दै भन्यो , एउटा छिमेकी दाइले बीमामा बारे जहिले गर्नु (गर्नु भनेर किचकिच गर्यो मैंले २ लाखको गरिदिए ) । त्यस्तै, १३ हजार जति वार्षिक बीमा बापतको प्रिमियम तिर्छु । उसलाइ तिमी के गर्छौ भनेर मैले सोधे, उ एउटा कन्सट्रक्सन कम्पनी साथीहरु मिलेर ब्यबसाय चलाएका रहेछन । बैकमा सम्पुर्ण कमाएको घर, जग्गा र पुर्खेली सम्पति समेत जम्मै धितो राखेर बैंकिङ ऋण व्यक्तिगत २ करोड रहेछ । दिनरात देशका बिभिन्न भागमा ठेक्का पट्टाको कामले हिडिराख्दो रहेछ । मासिक औषत ४ लाख जति कमाइ पनि हुदो रहेछ। मैंले उसलाइ भने तिम्रो जीवनको मुल्य केवल २ लाख पो तिमीलाइ तलमाथि केहि परे जम्मा तिम्रो परिवारले दुर्घटना जोखिम सुविधा अनुसार ४ लाख सम्म पाउदो रहेछौ । अनि बैकमा ऋण धरौटीमा घर जग्गा सबै राखेर लिएका छौ,भोलि केहि भएमा ४ लाखले बैंकको ऋण भार तिर्न पुग्छ त ? पुरा परिवार त सडकमा आउछन त ,विचार गर त ? अनि मैंले भनेपछि, मुख मनिलो बनाउदै मलाइ के हुन्छ र भन्दै स्वर अलिक ठुलो बनायो । हुन त को चाहि बिहान घरबाट निस्कदा आज दुर्घटनामा परिन्छ होला र ? अनि आज दुर्घटनामा परे भने तलमाथि हुन सक्छ भनेर को निस्कन्छ होला र ! त्यति कै मा २ दिन अघि युट्युब मा भेटेको रोजक जानकारीले पुनताजकि अभिवृद्धि गरायो । सन्सारमा वार्षिक लगभग १४ लाख मानिस दुर्घटना को कारण मृत्यु हुदो रहेछ । अनि नेपालमा हरेक दिन लगभग १० जना मानिस दुर्घटना बाट मृत्यु हुदो रहेछ । अनि, औषत मानिसको मृत्युको कारण हेर्ने हो भने लगभग ४ नम्बर मा चाहि सडक दुर्घट्ना को कारण हुदो रहेछ। त्यस्तै सडक दुर्घट्ना बाट पुर्ण अशक्त भएर घरमा मुली भनेर कहलिएका अथवा घरमा कमाएर लिएर आउने जनशक्ति घरमै अरुको भरमा बाँच्नुपर्ने तथ्याङ्क पनि अदृश्य रुपमा उलेख्य रहेको छ । तर, मुख्य चुरो कुरो चाहि यसरी दुर्घटनामा परि पुर्ण अशक्त भएमा वा मासिक भत्ता १० वर्ष सम्म बीमा कम्पनीले दिने गरेका छन र बीमितको बीमा शुल्क दुर्घटना भएर पुर्ण अशक्त भएपछि पनि बाकी अवधिमा निशुल्क गरिदिन्छन । यस्ता सुविधाहरु ले दुर्घटनाबाट हुने बितिय क्षतिपूर्ति को न्युनिकरणलाइ सहयोग पुर्याउन सकिन्छ नि भन्ने कुरा पनि माहोलमा उठिरहेको थियो। गफै गफमा कफी आइपुग्यो, माहुल अलिक भावुकतामा चलिरहेको थियो। बीमा मरेपछि मात्र होइन साथी हिजोआज क्यान्सर, औपन हट सर्जरी, हृदयघात जस्ता मानिसहरू मा देखिने धेरै घातक रोगहरु (Critical Illness) लागेमा उपचार खर्च जीवन बीमाले दिन्छ भनेर सम्झाए । दुर्घटनाबाट मृत्यु नभइ दुर्घटनाको कारण पुर्ण असक्त भएमा असक्त भत्ता सुविधा भनेर बीमा कम्पनीहरुले दिने गरेका छन् । जसले अमुल्य जीबनलाइ थप मुल्यवान बनाउन सहजिकरण गरेको छ। त्यति मात्र कहा हो नि,कुनै कुनै कम्पनीले त ब्यक्तिगत दुर्घटना( Personal Accident ) भएमा त्यस बापतको हस्पिटल खर्च सुविधा पनि दिन्छन नि । काजकिरिया खर्च, शर्तहरुको अधिनमा रहि प्रदान गर्दछ । जीबन पछि पनि आफुसँग आश्रीत रहने अन्य परिवारहरुको जीबन रहन्छ, हामीले बिचार नगरे कसले गर्छ त ! उ अचम्म पर्दै म तिर फर्किएर भन्यो, यति धेरै सुविधाहरु हुदा रहेछन, मलाइ त केवल बीमा गर्दा डबल आउछ अनि मरेपछि मात्र पाइन्छन् भन्ने छिमेकी दाइले भन्नुभयो। मैले साथीलाइ त्यतिबेला नै रोके, हेर साथी यदि कसैले बीमा गर्दा डबल ,तिर्वल भनेर भन्छ भने सबै गफ हो । बीमाको प्रतिफल,बोनस यसको बोनस दर र बीमा अवधिले निर्धारण गर्दछ। तसर्थ, कम्पनीको बोनस यसको नाफासग जोडिएको हुन्छ। बिगतका कामको आधारमा नाफा र नोक्सान भन्न सकिन्छ तर भविष्य बारे भन्न सकिन्न। तसर्थ, कसैले ठोकुवा भन्छ भने चाहि त्यो मानिस जोतिषि हो कि भगवान । किनभने, आज हामीले हाम्रो १ कठ्ठा जमिनमा १०० मन धान फलायौ भने अर्को वर्ष १०० मन नै फल्छ भन्ने ग्यारेन्टी हुदैन। १०० मन भन्दा कम वा बेसि हुन सक्छ। तसर्थ,बीमाको बोनसदर पनि कम्पनीले आर्जन गर्ने प्रत्येक वर्षको नाफा र नोक्सान को फरकले भिन्न हुन सक्छ। तर,बीमा प्राधिकरणबाट स्वीकृत लिइ निश्चित बोनस दर दिने र कम्पनीको अन्य नाफा/नोक्सानी मा सहभागिता नजनाउने प्रोडक केहि सिमित कम्पनिले सार्वजनिक गरेका पनि छन । साथी, बीमा प्रतिको ध्यानाकर्षण रहेकाले अझै थपे बीमा बाट मैले यति तिरे यति(उति पाउनेवाला छु वा पाउछु भन्नुभन्दा पनि भविष्य अनिश्चित छ, अनिश्चितता मा रहेको जोखिमलाइ निश्चिततामा बदलि बितिय जोखिम हस्तान्तरण गर्ने एक उपयुक्त उपकरण भनेर बुझ्दा प्रभावकारी होला । घरमा आम्दानी वा आय आर्जन गर्ने ब्यक्तिलाइ तलमाथि परे उसग आश्रीत परिवारको समबृद्धि परिकल्पना, बृद्द अवस्थामा पुग्दा आजको बचतले भविष्यको पेन्सन अनि आवश्यकता परे ३ वर्ष पछि बिना झन्झट, बिना अतिरिक्त शुल्क नतिरी न्युन ब्याजदरमा तुरुन्त पाइने ऋण सुविधा जस्ता सुबिधाहरू को समिश्रण भनेर नि बुझ्न सकिन्छ। यस्ता बीमाका कैयौ घतलाग्दो र जीवन उपयोगी बिशेषताहरु छन् । त्यस्तै, सम्पुर्ण बीमाहरुलाइ नियमन गर्ने राज्यको निकाय नेपाल बीमा प्राधिकरण छ, यो सातै वटा प्रदेशमा प्रादेशिक कार्यलयको स्थापना भैसकेको छ। कहि कतै, आफुलाई अप्ठ्यारो महशुस भएको हो कि भन्ने आशंका लागेका गएर सेवा लिन सकिनेछ। त्यस्तै सम्पुर्ण जीवन बीमा कम्पनी, बीमा ऐन अन्तर्गत स्थापित भएको हुनाले पैसा डुब्ने/भाग्ने भन्ने डर चाहि हुदैन। यसको सुझ्म अध्ययन, अनुसन्धान र नियमन नेपाल बीमा प्राधिकरणले गरेको हुन्छ, ढुक्क भएर नेपालमा दर्ता भएको जीवन बीमा कम्पनीमा मात्र गर्नुपर्दछ । साथीले एक्कासी भन्यो, यति धेरै सुविधाहरु रहेछन मेरो लागि त बीमा धेरै जरुरी रहेछ । मैले बीमा त मेरो जीवनको मुल्य अनुसार गरेको पो रहेनछु । अनि, केहि हुनै पर्छ भन्ने रहेनछ नि, यो एक अनुशासन रुपि बचत पो रहेछ भनेर उसले बीमाको मुख्य मर्म स्पर्शी बाक्य भन्यो । मैले त्यसमा फेरि थपे, साथी मरेपछि पनि हाम्रो संस्कारमा पृति कार्य गर्न धन सम्पत्ति चाहिन्छ नि । आफ्नो परिवारको लाल पोषणको जिम्मेवारी चाहिन्छ नि । त्यति कैमा उसले निधारमा लगाएको पहेंलो टिका हेरेर , मुस्कुराउदै भने, साथी सोर सराद चाहि मरेपछि नै गर्छन है, मरेपछि पनि पुर्ण्यको काम बाकि हुन्छन । तसर्थ, मरेपछि डुमै राजा चाहि भनि हाल्नु हुँदैन । अब, उ बीमा गराउने सोचमा रहयो । मैंले भने तिम्रो टिकटको एक रमाइलो मात्र हो । मैंले आफ्नो पेशागत परिचय दिए,म पनि जीवन बीमा कम्पनी मै काम गर्छु । साथीले हास्दै भन्यो, अघि नै किन नभनेको । मैले भने ,यतिबेला सम्म तलाइ बीमा बारे चेतना जगाउन । यी र यस्ता घटनाहरु हाम्रो समाजमा घटेका पाइन्छ। बीमा बारे नकारात्मक प्रचार र भ्रमले समग्र बीमा क्षेत्रमा बितृष्णा जगाइदिन्छ । तसर्थ,बीमा बारे डबल,त्रिबल,यति बोनस/उति बोनस जस्ता शब्दहरु भन्दा बितिय ब्यबस्थापनको उपयुक्त उपकरण अनि बितिय जोखिमको हस्तान्तरण भन्दा उपयुक्त होला । बीमा बारे सत्य , र यथार्थ जानकारी बीमा गर्ने बेला मै नगराइदा र बीमित स्वयं को पनि सजकताको लापरबाहीले बीमा बाट प्राप्त हुने सुविधा उपभोग गर्दा दुवैको बुझ्ने र बुझाउने अनविज्ञताले यसले बीमा प्रति को छवि केहि चाहि धमिलो बनाएको चहि पकै बनाएको थियो । तर, हिजोआज सम्पुर्ण बीमा कम्पनीहरु र जनचेतनामुलक कार्यक्रम , नेपाल बीमा प्राधिकरण पनि घरदैलोमा रहि सम्पुर्ण प्रादेशिक कार्यलयमा स्थापना भैसकेको र प्राधिकरणले पनि स्थानीय निकायहरुसँग प्रत्यक्ष समन्वयमा बीमा सम्बन्धी धेरै कार्यक्रम गर्ने गरेको , साथै बीमा कम्पनीहरु पनि डिजिटलाइजेसन मा गइसकेकाले यसको चेतना दिनानुदिन अभिवृद्धि हुदै गएको छ । तसर्थ, बीमा साथीले गर भन्दै मा गर्ने र नगर्ने भन्दैमा पनि नगर्ने जस्तो करकापमा भन्दा प्राप्त हुने सुविधाहरु तथा जीवन बीमा का थुप्रै प्रोडक्टहरु मध्ये आफ्नो पेशा, उमेर, तथा प्रिमियम तिर्न सक्ने बित्तीय क्षमता बारे वुझेर गर्नु उपयुक्त हुन्छ। अझै पनि बीमा गर्ने ग्राहकहरु आफुले गरेको बीमा प्रोडक्ट के हो ? के के सुविधा उपभोग गर्न सकिन्छ ? त्यसबारे अनविज्ञता सङ्ख्या पनि धेरै छन् कि भन्ने लाग्दछ । यसका लागि आफुले गरेका बीमा प्रोडक्ट बारे प्रष्ट नभए बीमा कम्पनी जानेको सङ्ख्या नेपालमा धेरै कम छ भन्दा फरक नपर्ला। अन्ततः बीमा एक बितिय जोखिम ब्यबस्थापनको सबैभन्दा राम्रो उपयुक्त उपकरण भएको हुनाले बास्तवमा बीमा एक अनिवार्य आवश्यकता बाहेक अरु केहि हुन सक्दैन भन्ने बुझिन्छ। त्यहि भएर “एक घर एक बीमा” अवधारणा हाम्रो समाजको मुख्य आवश्यकता रहेको छ ।
सन्तोष आचार्य,
शाखा प्रमुख,
हिमालयन लाइफ इन्स्योरेन्स,
प्रादेशिक कार्यालय विराटनगर
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bimakokura@gmail.com मा पठाउनु होला ।
धन्यवाद ।