काठमाडौं, वैशाख ७— नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले सोमबार पदभार ग्रहण गर्दै पहिलो निर्णयमा ५० र १ हजार दरका नयाँ नोट छपाइको प्रक्रिया अघि बढाएका छन्।
पदभार ग्रहणपछि पत्रकारहरूसँग बोल्दै उनले मौद्रिक नीति सरकारको वित्त नीतिको सहायक नभई स्वतन्त्र नीति भएको स्पष्ट पारे। “यदि सरकारको नीति कार्यान्वयनमा अवरोध पुगेको छ भने, मौद्रिक नीतिमा आवश्यक संशोधन गरिन्छ,” उनले भने।
गभर्नरका आकांक्षी रहेका कार्यकारी निर्देशक गुणाकर भट्टको राजीनामा स्वीकृतिको विषय आन्तरिक प्रक्रिया भएको उनले बताए।
पौडेलले नियमनभन्दा सुपरीवेक्षण क्षमतामा जोड दिँदै सबै सरोकारवालासँग छलफल गरेर मात्रै मौद्रिक नीति ल्याइने बताए। कर्जा नीति सुधार र आर्थिक स्थायित्व उनको प्राथमिकतामा पर्नेछ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bimakokura@gmail.com मा पठाउनु होला । धन्यवाद ।