दुर्गा प्रसाईंविरुद्ध संगठित अपराधको कसुरमा पनि अनुसन्धान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

झापाका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध संगठित अपराधको कसुरमा पनि अनुसन्धान हुने भएको छ ।

केन्द्रीय साइबर ब्यूरोबाट केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले लगेर प्रसाईंमाथि सोमबारबाट अनुसन्धान सुरु गरेको छ । सोमबार नै सरकारी वकिल कार्यालय लगेर बयान लिन सुरु गरेपछि सरकारी वकिल कार्यालयको रायअनुसार उनीमाथि संगठित अपराधको कसुरमा पनि अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bimakokura@gmail.com मा पठाउनु होला । धन्यवाद ।