चालु आर्थिक बर्षको चार महिनामा विदेशबाट नेपालमा भित्रने रकम ५ खर्ब २१ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ । यो गत आर्थिक बर्षको चार महिनाको तुलनामा ९.१ प्रतिशतले बृद्धि भएको नेपाल राष्ट्र बैंकले जानकारी दियको छ ।
त्यसैगररी चालु खाता एवम शोधनान्तर स्थिति १ खर्ब ४३ अर्ब ४२ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ९७ अर्ब १० करोड रुपैयाँले बचतमा रहेको थियो ।
कात्तिक महिनासम्ममा नेपालमा ५ अर्ब ७६ करोड प्रत्यक्ष वैदेशिक (ईक्विटि मात्र) लगानी भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक (ईक्विटि मात्र) लगानी आप्रवाह ३ अर्ब ६५ करोड रुपैयाँ रहेको थियो ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bimakokura@gmail.com मा पठाउनु होला । धन्यवाद ।