ब्रेनवेको ‘स्वास्थ्य, सौन्दर्य, समृद्धि र स्वरोजगार’ अभियान: उपभोक्ताबाट उपभोक्तासम्म, आत्मनिर्भरता तर्फको कदम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 

विराटनगर
स्वदेशमै उत्पादन, बजार र स्वरोजगारको सशक्त संयोजन गर्दै ब्रेनवे मल्टि ट्रेड मार्केटिङ काठमाडौंले सञ्चालन गरिरहेको ‘स्वास्थ्य, सौन्दर्य, समृद्धि र स्वरोजगार अभियान’ विराटनगरका शाखा प्रमुख टिकेन्द्र श्रेष्ठको आधेक्ष्तामा भयको कार्यक्रम उत्साहजनक सहभागितासहित अघि बढिरहेको छ।

होमकेयर, पर्सनल केयर र हेल्थकेयरका सामग्रीहरू मध्यस्थ बिना सोझै उपभोक्ताबाट उपभोक्तासम्म पुर्‍याउने प्रणालीमार्फत ब्रेनवेले देशभर स्वरोजगारलाई बल दिइरहेको छ। यही अभियान अन्तर्गत शनिबार विराटनगरमा आयोजित कार्यक्रममा उत्कृष्ट प्रदर्शन गर्ने सहभागीहरूलाई सम्मानसहित पुरस्कार प्रदान गरिएको छ।

पुरस्कृत उपभोक्ताहरूमा:

मुना कोइराला (विराटनगर–८) — माइक्रोओभन विजेता

शुशिल चौधरी (विराटनगर) — वासिङ मेसिन विजेता


ब्रेनवेका चिफ अपरेशनल अफिसर दिनेश कार्कीले कार्यक्रममा भने, “हामी बजारको मूलधार उपभोक्तालाई नै बनाउँदैछौं। मार्केटिङ, डिलर वा सब-डिलरले पाउने ४२% सम्मको कमिशन हामी सिधै उपभोक्तालाई नै दिन्छौं।”

उनका अनुसार, हरेक उपभोक्ता कम्पनीको ब्रान्ड एम्बासडर जस्तै बन्न सक्छ — जसले आफैं प्रयोग गरेर सन्तुष्ट भएपछि अन्यलाई सिफारिस गर्न सक्छ। सिफारिसबाट भएको बिक्री प्रणालीमा स्वचालित रूपमा गणना भई कमिशन हरेक सोमबार उपभोक्ताकै बैंक खातामा जम्मा गरिन्छ।

कार्कीले थपे, “हामीले बैंक खाता र व्यक्तिगत विवरणसहित पूर्ण डिजिटल प्रणाली विकास गरेका छौं, जसले पारदर्शिता र विश्वासलाई सुनिश्चित गर्छ।”

ब्रेनवेको यो नयाँ मोडलले बजार विस्तारसँगै हजारौं व्यक्तिलाई स्वरोजगारको बाटो देखाउँदै आत्मनिर्भरता निर्माणमा सशक्त योगदान दिइरहेको छ।

स्वदेशी उत्पादन, प्रत्यक्ष वितरण र सहभागी कमाईको संयोजनमार्फत ब्रेनवेले नेपाली बजारमा सामाजिक उद्यमशीलताको उदाहरण स्थापित गरिरहेको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bimakokura@gmail.com मा पठाउनु होला । धन्यवाद ।