बीमा प्राधिकरणका अध्यक्ष सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर, पदबाट स्वतः निलम्बन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध आज भ्रष्टाचार मुद्दा दायर  भएसँगै उनी पदबाट स्वतः निलम्बनमा परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिलवालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। झुटो विवरण पेस गरी सरकारी सेवामा प्रवेश गरेको अख्तियारले ठहर गरेको छ।

सिलवाल निलम्बनमा परेसँगै बीमा प्राधिकरण नेतृत्वविहीन बन्न पुगेको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bimakokura@gmail.com मा पठाउनु होला । धन्यवाद ।