भूकम्पको केन्द्रविन्दु चीनको तिब्बतस्थित सिगात्से

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

विराटनगर  : नेपालमा आज (मंगलबार) बिहान गएको भूकम्पको केन्द्रविन्दु चीनको तिब्बतस्थित सिगात्से रहेको पुष्टि भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले चीनको तिब्बतस्थित सिगात्से केन्द्रबिन्दु भएर भूकम्प गएको पुष्टि गरेको हो । 

बिहान ६ः५० बजे पूर्वी नेपालसहित देशका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस गरिएको थियो । 

भूकम्पका कारण क्षतिको विवरणसमेत खुलिसकेको छैन । स्थानीय प्रशासनले अहिले क्षतिबारे बुझ्ने काम गरिरहेका छन् ।

पछिल्लो एक महिनामै नेपालका विभिन्न स्थानमा भूकम्पको धक्का गइरहेको छ । 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bimakokura@gmail.com मा पठाउनु होला । धन्यवाद ।