अमेरिकको रेगन राष्ट्रिय विमानस्थलमा यात्रु बोकेको विमान र हेलिकप्टर ठोक्किएका छन्। विमानमा यात्रु ६० र कर्मचारी ४ जना सवार रहेको संघीय उड्डयन प्रशासनले जनाएको छ। उक्त घटना बेलुका ९ बजे बताइएको छ।
एयरलाइन्सले भनेको छ, 'हामी ती सबैको बारेमा चिन्तित छौं।' यस दुर्घटनामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रेगन राष्ट्रिय विमानस्थलमा भयानक दुर्घटनाको बारेमा पूर्ण जानकारी पाएको बताएका छन्।
यो दुर्घटनाको अनुसन्धान भइरहेको जनाइएको छ। विमान र हेलिकप्टर ठोक्किएपछि हेलिकप्टर पोटोमेलोक नदीमा खसेको थियो। रेगन एयरपोर्टले सामाजिक सञ्जाल एक्समार्फत अहिले सबै उडानहरू रोकिएको जानकारी भयको छ ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bimakokura@gmail.com मा पठाउनु होला । धन्यवाद ।